काठमाडौं । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।
बिहीबार दिनभर देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बिहीबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार हिन्दू नारीहरूको महान् पर्व तीज पनि हो । मौसमविद्को भनाइअनुसार पर्व मनाउन मौसमले साथ नदिने सम्भावना छ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन पनि महाशाखाले अनुरोध गरेको छ ।
यस्ताे छ तीन दिनकाे माैसम :
२०७८ भाद्र २४ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २५ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २६ गते (शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।