Aafno Khabar

क्रान्तिकारी पार्टी बनाउन नसके माओवादी पार्टी विघटन गरौं: प्रचण्ड

  • आफ्नो खबर
  • २०७८ भाद्र २३ गते ११:१० प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रुपान्तरण गर्न नसके यस्तो पार्टीलाई विघटन गरिदिए हुने बताएका छन ।

उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको भए पनि सफल हुन नसकेको बताए।

सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३ औं स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले क्रान्ति गर्छौं भनेर पार्टीका नेता तथा कार्यकर्ताहरू प्रतिक्रान्तिमा लाग्न नहुने बताए। एमालेजस्तै हुने हो भने पार्टीको आवश्यकता र औचित्य नहुने उनको भनाई छ ।

‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त पार्टी विघटन गर्दा पनि हुने उनको तर्क छ ।

गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए हुने उनको भनाई छ । उनले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने पनि बताए। माओवादीको चरित्र क्रान्ति र परिवर्तन गर्न सक्ने रहेको उनको भनाइ थियो।