Aafno Khabar

प्रचण्डकी नातिनी स्मिताले गाइन् हिन्दी गीत (भिडियाे)

  • आफ्नो खबर
  • २०७८ भाद्र १८ गते १३:४४ प्रकाशित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगाकी छोरी हुन् ।

उनले ‘इबादात् बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् ।

स्मिताले अधिकांश नेपाली गीत पनि गाएकी छिन् । भारतीय कलाकारसँग काम गरेपछि गायिका स्मिताले यो कामबाट आफू एकदमै खुसी र उत्साहित भएको सामाजिक सञ्जालमा लेखेकी छन् ।