Aafno Khabar

प्रिती आलेको तीज गीत सार्वजनिक (भिडियाे)

  • आफ्नो खबर
  • २०७८ भाद्र १६ गते १२:४२ प्रकाशित

काठमाडौं । हिन्दू महिलाहरुकाे महान चाड तीज नजिक आइरहेकाे बेलामा तीजका गीतहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम जारी छ ।

तीजका गीतहरुकाे यही भीडमा गायिका प्रिती आलेको स्वरमा सजिएको ‘कालो चश्मा लाउने हो, नाच्ने हो’ बोलको गीत सार्वजनिक गरिएको छ । रोजिना ढकालको शब्द रहेको गीतको भिडियोमा रोजिना र प्रिती आफैँ देखिएका छन् ।

गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने सहायक निर्देशकमा साइब्रतराज आचार्य रहेका छन् । निर्देशनको क्रिएटिभ पाटो भने जया शर्माले हेरेकी छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

सुवोल थापाले नृत्य निर्देशन गरेको गीतको भिडियो ‘हाइलाइट्स नेपाल’को युट्यूबबाट सार्वजनिक गरिएको छ ।