Aafno Khabar

बढ्याे ग्याससहित पेट्राेलियम पदार्थकाे मूल्य

  • आफ्नो खबर
  • August 23, 2021 प्रकाशित

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । साेमबार राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाइ इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ । अब यस्तो इन्धनको मूल्य प्रतिकिलो लिटर ७७० अमेरिकी डलर पर्ने निगमले जनाएकाे छ ।