Aafno Khabar

‘नेपाल आइडल’ का निर्णायक परिवर्तन, काे–काे फेरिए ?

  • आफ्नो खबर
  • २०७८ भाद्र ४ गते १७:३८ प्रकाशित

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् ।

फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायक परिवर्तन भएका हुन् । नयाँ निर्णायकमा गायक शम्भुजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् ।

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भुजित बास्कोटाले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँगकाे सहकार्यले खुशी मिलेकाे प्रतिक्रिया दिएका छन् । गर्न पाउँदा आफू खुशी भएको बताए ।

नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार चौथो सिजनको होस्ट आशिफ शाह र रेश्मा घिमिरेले गर्ने भएका छन् ।

नेपाल आइडल सिजन ४ को डिजिटल अडिसन पनि खुल्ला भइसकेको छ । एपीवान टिभीबाट प्रशारण हुने आइडलको निर्देशन सुरेश पौडेलले गरेका छन् ।

सिजन ३ सम्मका निर्णायक न्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्काे रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टिम चयन गरेको हो ।