Aafno Khabar

समुद्री किनारमा मोनी रोयको ‘बाेल्ड लुक्स’ (तस्बिरमा)

  • आफ्नो खबर
  • २०७८ साउन ३२ गते १९:०१ प्रकाशित

काठमाडाैं । भारतीय टेलिभिजनकी नायिका माेनी रोय सफल अभिनेत्री मानिन्छिन् । उनकाे समुद्री किनारामा खिचिएकाे तस्बिरले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेकाे छ ।

ब्ल्याक कलरको पहिरनमा सजिएकी उनको समुद्री किनारामा खिचिएको तस्बिर निकै बोल्ड देखिन्छ । राेय भारतीय टेलिभिजनकी एक सफल अभिनेत्री मानिन्छिन् । उनले भारतीय चलचित्रमा केही सुपरस्टारसँग पनि काम गरिसकेकी छन् ।

भारतीय टेलिभिजनबाट प्रसारण हुने कस्तूरी, देवों के देव महादेव, नागिन, नागिन–२, टशन-ए-इश्क, जूनून, ऐसी नफरत तो कैसा इश्क, नागिन –३, कृष्णा चली लण्डन, झलक दिखला जा– ९, एक था राजा एक थी रानीजस्ता टेलि शृङखलामा उनले अभिनय गरेकी छन् । यसका अलावा उनले सिनेमामा पनि काम गरिसकेकी छन् ।

तस्बिर : माेनी राेयकाे इन्स्टाग्रामबाट