Aafno Khabar

३६ वर्ष लागेकी ज्याकलिनकाे सुन्दरता तस्बिरमा

  • आफ्नो खबर
  • २०७८ साउन २७ गते २२:१३ प्रकाशित

काठमाडाैं । बलिउडमा राम्रो पहिचान बनाउन सफल अभिनेत्री ज्याकलिन फर्नान्डिजको बुधबार जन्मदिन परेकाे छ । उनी ३६ वर्ष लागेकी छन् ।

उनको जन्म १९८५ मा बहराइनमा भएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेशनको अध्यायन गरेकी उनले २००९ मा बलिउड डेब्यु गरेकी हुन् । । मिस युनिभर्स श्रीलंका समेत रहेकी उनी फिल्म अभिनय अगाडि टिभी रिपोर्टर थिइन् ।

ज्याकलिनका बुबा श्रीलंकाका संगीकार थिए भने आमा मलेसियन मुलकी हुन् । उनी आमा एयर होस्टेज थिइन् । २००९ मा एक मोडलिङका लागि उनी भारत छिरेकी थिइन् ।

ज्याकलिनको पहिलो हिट फिल्म ‘मर्डर २’ थियो । यो फिल्मपछि बलिउडमा चर्चित भएकी उनी ‘हाउसफुल २’, ‘रेश ३’ र २०१४ मा सलमान खानको साथ ‘किक’ मा देखिएकी थिइन् । उनी अहिले बलिउडकाे सफल कलाकार मानिन्छिन् ।