Aafno Khabar
add khanepani

साेमबार २ मिनेट सित्तैमा पठाओको ट्याक्सी बुक गर्न सकिने !

  • आफ्नो खबर
  • August 9, 2021 प्रकाशित

काठमाडाैं । सोमबार अगष्ट ९ तारिखका दिन २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइनेछ । पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसरमा पठाओले यस्ताे अफरकाे घोषणा गरेको हो ।

दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले निशुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेपछि पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ । ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन् ।

क्याप्टेन (ड्राइभर) ले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजरको समेत ब्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।

गेट देखि गेट सम्म सेवा भएकोले लोकप्रिय भैरहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्य सम्म पुग्न अझ उत्तम विकल्प भएको छ । झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता अझ बढेको छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत सुरु गरेको थियो ।

ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजार पनि सुरु गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमा होम डेलिभरी दिने गरि जेठ ३० गते देखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु