Aafno Khabar

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र १२ सय बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • २०७८ साउन २० गते १७:०५ प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा मात्र ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ललितपुरमा १ सय ६५ जनामा र भक्तपुरमा २ सय ६ जनामा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्र ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएकाे र ३५ जनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएकाे छ ।

हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । हालसम्म ज्यान गुमाउनेकाे कुल संख्या ९ हजार ९५७ पुगेको छ ।