Aafno Khabar

जसले गरिन् अडिसन पास गर्न फोनमा अश्लील कुराकानी

  • आफ्नो खबर
  • २०७८ साउन १८ गते २१:५१ प्रकाशित

एजेन्सी । बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे आफ्नाे बोलीका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनी अहिले एकपटक पुन: चर्चामा छिन् ।

राधिका जहिल्यै फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्छिन् । केही समय अघि नेहा धुपियाको ‘विद वोग’मा राजकुमार रावसँग आएकी राधिकाले आफ्नो एक अनौठो अडिसनका बारेमा खुलेर बताएकी छन् ।

राधिकाका अनुसार ‘देव डी’का लागि दिएको अडिसन उनको करियरकै अनौठो अडिसन थियो । उनले भनिन् ‘देव डीको अडिसनका लागि मैले फिल्ममा अ*श्लील कुराकानी गर्नुपर्ने थियो । यसो हुँदा मात्र मैले अडिसन पास गर्ने थिएँ । त्यो बेला म पुणेमा बस्थें । मैले फोनमा यस्ता कुरा गरेको थिइनँ । तर अडिसन दिँदा सबैको अगाडि बोल्नुपर्ने भयो । अडिसन पास हुनका लागि मैले यो काम गरेँ ।’

केही समय अघि मात्र राधिकाले आफ्नो केही न्यूड भिडियो सार्वजनिक भएपछि घर बाहिर निस्कन गाह्रो परेको बताएकी थिइन् । फिल्म ‘क्लीन शेव’को भिडियो सार्वजनिक भएपछि राधिकालाई समस्या भएको थियो ।