Aafno Khabar

३६११ काेराेना संक्रमित थपिए, २७ जनाले गुमाए ज्यान

  • आफ्नो खबर
  • २०७८ साउन १५ गते १७:०० प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७८३ पीसीआर परीक्षण र ४ हजार ८७८ एन्टिजेन परीक्षण ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८१६ जना निको भएका छन् ।

काेराेना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेकाे संख्या ९ हजार ८३४ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेकाे मन्त्रालयकाे तथ्यांक छ ।