Aafno Khabar

मिया खालिफाले गरिन् श्रीमानसँग सम्बन्धविच्छेद

  • आफ्नो खबर
  • July 30, 2021 प्रकाशित

काठमाडाैं । पूर्व एडल्ट स्टार मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन् ।

खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस गर्‍याैँ । करिब एक वर्षको थेरापी र कोसिसपछि थाहा भयो कि हाम्रो एक–अर्काप्रतिको भावना सकिएको छ ।’

पूर्व एडल्ट स्टार खलिफाले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन् । उनले आफ्नो विवाहको जानकारी सामाजिक सञ्जालमार्फत नै दिएकी थिइन् ।

खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन् । यसपछि उनी परिवारबाटै टाढा भएकी थिइन् । सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन् । उनले सन् २०१९ मा रोबर्टसँग विवाह गरेकी थिइन् ।

मिया खलिफाको जन्म लेबनानमा भएको थियो तर उनी पछि आफ्ना आमा–बुवासँग अमेरिका सिफ्ट भएकी थिइन् । मियाले ग्रेजुएशनसम्मको पढाई गरेकी छिन् । पढाई पछि उनले एक रेष्टुरेन्टमा काम गर्न सुरु गरिन् । रेष्टुरेन्टमा आएका एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्न अफर दिएका थिए । त्यसपछि उनी पाेर्न फिल्ममा आबद्ध भएकी थिइन् ।