Aafno Khabar

थप ३३६५ काेराेना संक्रमित, १६ जनाले गुमाए ज्यान

  • आफ्नो खबर
  • २०७८ साउन १४ गते १६:३४ प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३६५ जना कोभिड बिरामी थपिएका छन् । यही अवधिमा देशभर काेभिड संक्रमणका कारण १६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ मा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमा ९५५५ पीसीआर र ४६८७ एन्टीजेन परीक्षण गरिएकाे थियाे ।

यही अवधिमा १३७३ जना डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएकाे छ । नेपालमा हालसम्म कुल संक्रमितकाे संख्या ६ लाख ९० हजार पुगेकाे छ । काेराेना संक्रमणका कारण ९८०७ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५० हजार निकाे भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर आइसोलेसनमा २७,३५५ जना, संस्थागत आइसोलेसनमा ३,०३५ जना, आईसीयूमा ६३६ जना र भेन्टिलेटरमा १६० जना रहेका छन् ।