Aafno Khabar

२४ घण्टामा थपिए ३८ सय ४० जना संक्रमित, ३३ जनाले गुमाए ज्यान

  • आफ्नो खबर
  • २०७८ साउन १३ गते १७:१४ प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३३ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ ।

१५ हजार ८०८ जनाको नमुना परीक्षण गरिएकाेमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएकाे छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।