Aafno Khabar

बिहीबार यी स्थानमा छ भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • २०७८ साउन ७ गते ०८:२१ प्रकाशित

काठमाडौं । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

महाशाखाले गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेकाे पनि जनाएको छ ।