Aafno Khabar

थप २८ सय ३८ जनामा काेराेना संक्रमण, ३० जनाले गुमाए ज्यान

  • आफ्नो खबर
  • २०७८ साउन ६ गते १६:४८ प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर संक्रमणबाट ९ हजार ६३७ जनाले ज्यान गुमाइसकेका छन् । कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको मन्त्रालयकाे तथ्यांक छ ।

हाल नेपालमा देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।