Aafno Khabar

‘ब्लाक विडो’काे चर्चा : रिलिज भएकाे दिनमा ४० मिलियन डलर कमाइ

  • आफ्नो खबर
  • २०७८ असार २७ गते १३:५४ प्रकाशित

काठमाडाैं । मार्वल स्टुडियोको सुपरवोमन चलचित्र ‘ब्लाक विडो’ उत्तर अमेरिकामा रिलिज भएको छ । याे चलचित्रकाे कमाइ अहिले चर्चाकाे विषय बनेकाे छ ।

कोरोना महामारीबीच पनि रिलिज भएकाे चलचित्रले पहिलाे दिनमा नै ४० मिलियन डलरको कमाई गरेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

यो चलचित्र सन् २०१९ मा रिलिज भएको स्पाइडर–म्यानपछि रिलज भएको मार्वल सिनेम्याटिक युनिभर्सको पहिलो चलचित्र हो । विश्वबजारमा सन् २०२१ जुन २९ मा रिलिज भएको यो चलचित्र अमेरिकामा भने यही जुलाई ९ मा रिलिज गरेकाे थियाे ।

यसले रिलिजको ओपनिङ विकेन्डसम्म ९० मिलियन डलरको कमाई गर्ने आंकलन गरिएको छ ।

केट शोर्टल्यान्डको निर्देशन रहेको चलचित्र एरिक पिअरसनले लेखेका हुन् । राम्रो समीक्षा पाएको यस चलचित्र २०० मिलियन डलर लगानीमा निर्माण भएको हाे ।