Aafno Khabar

अर्जेन्टिना काेपा अमेरिका च्याम्पियन

  • आफ्नो खबर
  • २०७८ असार २७ गते ०७:५६ प्रकाशित

काठमाडाैं । अर्जेन्टिना काेपा अमेरिकाकाे च्याम्पियन बनेको छ ।

नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा आयोजक ब्राजिलमाथि १–० काे जित निकालेर अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले काेपा अमेरिकाकाे उपाधि जितेको हो ।

अर्जेन्टिनाको जितमा २२ औँ मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि डी पलले पास दिएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले केही आक्रमण बुनेपनि गोल गर्न सकेन । ५२ औँ मिनेटमा रिचार्लीसंले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता दिएनन् ।

यसअघि १९९३ को कोपाको फाइनलमा टिम मेक्सिकोमाथि २-१ काे जित निकालेर अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन ।

अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो । सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएकाे थियाे ।

सन् २०१४ को विश्वकपको उपाधि भिडन्तमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिना उपाधिविमुख भएको थियो । मेसीले २००७, २०१५ र २०१६ को कोपा फाइनल र सन् २०१४ को विश्वकपको फाइनल खेलेका थिए ।

उपाधि जितेपछि अर्जेन्टिनाले २८ वर्ष लामो उपाधि खडेरी तोडेको छ ।