Aafno Khabar

काठमाडाैंकाे कपनबाट समातिए २९ जना जुवाडे

  • आफ्नो खबर
  • २०७८ असार २३ गते १०:५१ प्रकाशित

काठमाडाैं । काठमाडाैंकाे कपनबाट २९ जना जुवाडे समातिएका छन् ।

काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई मंगलबार राति कपन सिमलटारबाट उनीहरुलाई पक्राउ गरेकाे हाे ।

लाखाैँ रुपैयाँसहित जुवा खेलिरहेकाे भन्ने सूचनाकाे आधारमा छापा मार्न पुगेकाे प्रहरी टाेलीले उनीहरूका साथबाट १५ लाख रुपैयाँ बरामद गरेकाे जनाएकाे छ ।