Aafno Khabar

घटे काेराेना परीक्षण गराउने, स्वास्थ्य मन्त्रालय भन्छ, ‘जाेखिम कायम छ’

  • आफ्नो खबर
  • July 1, 2021 प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराउनेको संख्या घट्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार काेराेनाकाे परीक्षण गराउने घटे पनि जाेखिम भने कायम छ ।

‘कोरोना संक्रमण घट्दो क्रममा रहे पनि संक्रमणको जोखिम घटेको छैन । तर, कोरोना परीक्षण नगराउनेको संख्या बढ्दै गएको पाइएको छ,’ मन्त्रालयले भनेकाे छ । मास्क प्रयोगसहित स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नु र लक्षण देखिएकाको समयमै परीक्षण हुनु कोरोना नियन्त्रणका आधार भएकाे पनि मन्त्रालउले स्पष्छ पारेकाे छ ।

मन्त्रालयले आम नागरिकसमक्ष संक्रमितको सम्पर्कमा आएमा वा लक्षण देखिएमा समयमै परीक्षण गराउन अनुरोध पनि गरेको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढ्न थालेको छ ।

विज्ञहरुले पनि निषेधाज्ञा खुकुलाे गराउनमा सरकारले हतार गरेकाे बताइरहेका छन् ।

बिहीबारसम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको मन्त्रालयले जनाएकाे छ ।