Aafno Khabar
sanima bank

टीयूमा उपप्राध्यापककाे माग, विज्ञापनमा त्रुटी !

  • आफ्नो खबर
  • २०७८ असार १५ गते १७:४७ प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ती हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो ।

आयोगले कानून, ग्रामीण विकास र मैथिली विषयका लागि उपप्राध्यापक माग गर्दै अनलाइन दरखास्त आह्वान गरेको छ । प्रतियोगिताका लागि योग्यता पुगेका ब्यक्तिले साउन १८ गतेसम्म र डबल दस्तुरमा साउन २५ गतेसम्म त्रिवि सेवा आयोगको वेवसाइटमा गई दरखास्त फारम भर्न सकिने जनाएको छ ।

तर मंगलबारकाे गाेरखापत्रमा दिइएकाे सूचनामा उल्लेख गरिएको आयोगको वेबसाइटको ठेगाना भने गलत राखिएको छ । सूचनामा www.tuservicecommssion.edu.np उल्लेख गरिएको छ । जुन लिंकमा आयोगको वेबसाइट खुल्दैन । आयोगको वास्तविक अनलाइन ठेगाना www.tuservicecommission.edu.np रहेकाे छ ।