Aafno Khabar

२४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २७ गते १८:०५ प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कुल १५ हजार २३८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा कोरोना भाइरस संक्रमणका कारण ५९ जनाको ज्यान गएकाे छ भने ५ हजार २९३ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५४०, भक्तपुरमा ९९ र ललितपुरमा १२५ जना रहेका छन् ।

देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ ।

यस्तै, काेराेना निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।