Aafno Khabar

थप ४३४४ जनामा कोरोना, ८१ जनाले गुमाए ज्यान

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २६ गते १७:५० प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही ५७६८ जना संक्रमणमुक्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे हो ।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ गरि उपत्याकामा मात्र ९१५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।