Aafno Khabar

काेभिड १९ अपडेट : थपिने संक्रमितभन्दा निकाे हुने दाेब्बर

  • आफ्नो खबर
  • June 6, 2021 प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।

यही अवधिमा थप ६६३६ जना निको भएकाे पनि मन्त्रालयले जनाएकाे छ । यही अवधिमा थप ९९ जनाले काेभिड संक्रमणका कारण ज्यान गुमाएका छन् ।

उपत्यकाकाे अवस्था

पछिल्लाे २४ घणटामा काठमाडौंमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ गरि उपत्यकामा मात्र १ हजार १३१ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । केही दिनयता उपत्यकामा पनि काेराेना संक्रमण दर अलि घटेकाे छ ।