Aafno Khabar

विश्वमा अहिले कति छन् सक्रिय काेराेना संक्रमित ?

  • आफ्नो खबर
  • May 27, 2021 प्रकाशित

काठमाडाैं । विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९४ हजार ५ सयको स्वास्थ्य अवस्था गम्भीर रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाधयमले जनाएका छन् ।

विश्वमा १५ करोड बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । संक्रमितमध्ये अहिलेसम्म १५ करोड ८ लाख बढीले कोरोनालाई जितेका तथ्यांक रहेकाे छ । धेरैले परिक्षण नै नगरी कोरोना परास्त गरेकाले यो संख्या अझै बढी हुने विज्ञहरूले बताएका छन् ।

विश्वमा संक्रमित संख्या १६ करोड ९० लाख ९४ हजार ७३२ पुगेको छ । संक्रमित ३५ लाख १२ हजार ५१० ले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ३९ लाख ७१ हजार २०७ जना संक्रमित छन् । ६ लाख ६ हजार १७९ जनाले ज्यान गुमाएका छन् भने २ करोड ७६ लाख ६२ हजारले कोरोनालाई जितेका छन् ।