Aafno Khabar

एथ्लेटिको मड्रिडले जित्याे ला लिगाकाे उपाधि

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ९ गते ०७:५९ प्रकाशित

काठमाडाैं । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएकाे अन्तिम खेलमा रियल भालाडाेलिडमाथि २-१ काे जित निकालेर उपाधि उचालेकाे हाे ।

एथ्लेटिकाे मड्रिडलाई च्याम्पियन बनाउनका लागि एन्जल काेरिया र लुइस स्वारेजले एक एक गाेल गरे । सुरुवाती अग्रता लिएकाे रियल भालाडोलिडले अग्रता जाेगाउन सकेन । अवे मैदानमा भएको खेलमा १८ औँ मिनेटमै गोल खाएर एथ्लेटिको मड्रिड पछि परेको थियो । रियल भालाडोलिडका लागि अस्करप्लानोले गोल गरेका हुन् ।

एथ्लेटिको मड्रिडका स्वारेजले केही सुन्दर माैका पाए पनि गाेल गर्नबाट भने चुकेका थिए ।

त्यसपछि ५७ औँ मिनेटमा एन्जल कोरियाले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे । पुन: ६७ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेपछि एथ्लेटिको मड्रिडले उपाधि उचाल्ने जित हासिल गरेको हो ।

एट्लेटिको मड्रिडले सन् २०१३ र १४ को सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जित्न सफल भएकाे हाे ।