Aafno Khabar

राष्ट्रपतिविरुद्ध महाअभियाेग लगाउने कांग्रेस बैठककाे निष्कर्ष, छलफल हुने

  • आफ्नो खबर
  • May 21, 2021 प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेकाे छ । शुक्रबार बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र यसका लागि कांग्रेस सकारात्मक रहेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेलले बताए ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकमा महाअभियाेगका बारेमा छलफल गर्ने निर्णय भएको हाे ।

कांग्रेस बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएर संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । उक्त कदम संविधानकाे विराेधमा भएकाे कांग्रेसकाे निष्कर्ष छ ।

राष्ट्रपतिले ओलीले राजीनामा वा विश्वासको मत नलिइ नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि कांग्रेसलगायतका विपक्षी दलले यो कदम असंवैधानिक भएको दावीसहित चर्को विरोध गरिरहेकाे छ ।