Aafno Khabar

११ दिनपछि राेकियाे इजरायल र प्यालेस्टाइबीचकाे युद्ध, दुबैले गरे जितकाे दाबी

  • आफ्नो खबर
  • May 21, 2021 प्रकाशित

काठमाडाैं । इजरायल र प्यालेष्टाइनबीचकाे युद्ध राेकिएकाे छ । शुक्रबार बिहानदेखि गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी सैन्य समूह हमासबीच युद्धविराम लागु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धका क्रममा २ सय ४० जनाभन्दा धेरै व्यक्ति मारिएकाे बताइएकाे छ । जसमा अधिकांश गाजा क्षेत्रका थिए । मारिनेमध्ये ठूलो संख्यामा बालबालिका र महिला छन् । युद्धविरामपछि इजरायल र प्यालेस्टाइन दुवैकाे आफ्नो जित भएको दाबी छ ।

मुस्लिम र हिन्दु दुवैकाे पवित्रस्थल पूर्वी जेरुसलेममा इजरायली र प्यालेस्टाइनीबीच विवाद चर्किएपछि १० मेदेखि द्वन्द्व सुरु भएको थियो । जेरुसेलम इजरायलको नियन्त्रणमा रहेकाे छ ।

इजरायल–प्यालेस्टाइन बीचको विवादको लामाे रहेकाे पाइन्छ । पछिल्लो विवादको मुख्य कारण पूर्वी जेरुसलेम नजिकको शेख जर्राहमा प्यालेस्टाइन परिवारमाथि गरिएको अन्याय हाे । यहाँबाट प्यालेस्टाइनी परिवार जबरजस्ती हटाउन थालिएपछि मुस्लिमहरुमा आक्रोश बढेको थियो । उनीहरुले १९७२ देखि विभिन्न संस्थाहरुद्वारा हालिएका मुद्दाकाे सामना गरिरहेका छन् ।

प्यालेस्टाइनी परिवार बसेको जमिन वास्तविक रुपमा यहुदीको स्वात्मिवमा रहेको ती संस्थाको दाबी छ । तर जेरुसलेमबाट प्यालेस्टाइनी हटाउने र यसलाई यहुदी बहुसंख्यक यहुदीहरुको शहरका रुपमा परिचित गराउने आधिकारीक इजरायली नीतिको विस्तारित स्वरुपका रुपमा प्यालेस्टाइनीहरुले यस कदमलाई हेरेका छन् ।

यहीकारण अप्रिलको अन्त्यदेखि प्यालेस्टाइनी जनता र इजरायली पुलिस बीचको द्वन्द्व निरन्तर बढेको थियो । अक्टुबर २०२० मा इजरायली अदालतले चारवटा प्यालेस्टाइनी परिवारले आफ्नो घर खाली गर्नुपर्ने आदेश सुनाएको थियो, उनीहरुलाई घर छाड्नका लागि २ मेसम्मको समयसीमा तोकिएको थियो । तर अदालतले यो समयसीमा त्यसयता दुईपटक थपिसकेको छ ।

अप्रिलको अन्तिम शुक्रबार इस्लामको तेस्रो ठूलो पवित्रस्थल अल अक्सा मस्जिद परिसरमा रमादानको प्रार्थना गर्नका लागि उपस्थित भएका दशौं हजारले विरोध प्रदर्शन गरेका थिए । प्यालेस्टाइनी परिवारलाई जबरजस्ती निकालिएको विरोधमा यो प्रदर्शन भएको थियो । प्रहरीले रकर बुलेट र स्टन ग्रिनेडहरु प्रदर्शनकारीमाथि प्रहार गर्‍याे र त्यसको विरोधमा उनीहरुले ढुंगा हाने । यस घटनामा २ सय ५ जना प्यालेस्टाइनी र १७ जना इजरायली अधिकारीहरु घाइते भएका थिए ।

यस घटनाको तीन दिनपछि इजरायली सुरक्षा फौजले अल अक्सा कम्पाउन्डमा दंगा मच्चाएकाे थियाे । प्रार्थनामा सहभागी भएकामाथि फेरि रबर बुलेट, टियर ग्याँस र स्टन बम हानियो । अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको यस घटनामा ३ सयभन्दा धेरै प्यालेस्टाइनी घाइते भएका थिए ।

त्यही दिन हमासले इजरायलसमक्ष अल अक्सला परिसर र सेख जर्रा वरपरबाट साँझ ६ बजेसम्म आफ्ना सुरक्षाकर्मी हटाउन अल्टिमेटम दिएकाे थियाे । अल्टिमेटम पूरा नभएपछि हमासले रकेट प्रहार र इजरायलमाथि आक्रमण सुरु गरेकाे थियाे ।

– बीबीसीकाे सहयाेगमा ।