काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान भएको छ । बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीबाट आह्वान भएकाे हाे ।
वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको समय दिएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।
पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारले विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुक अन्योलमा राख्न उचित नभएको भनी वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय भएकाे थियो ।