Aafno Khabar

राष्ट्रियसभा सदस्यमा खिमलाल विजयी, बादल पराजित

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ६ गते १७:४५ प्रकाशित

काठमाडौं । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

देवकोटा कुल ५०८८ मतभारसहित विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले भने ४०१४ मतभार ल्याए ।

स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत पाएका थिए । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाएका थिए । प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ मत ल्याए । नेमकिपाका तामाङले प्रदेशसभामा पनि २ मत पाए ।