काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । २ देशका नेताहरुसँग टेलिफोन संवाद गरी शनिबार राति बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आह्वान गरेका हुन् ।
बाइडेनले इजरायलका राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग एक्लाएक्लै फोन वार्ता गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ । इजरेल र प्यालेस्टाइनबीचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा विगत ६ दिनदेखि युद्ध भइरहेकाे छ ।
मध्यपूर्वको अवस्था जटिल बनिरहेकाे बेलामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक पनि आइतबार बस्ने बताइएकाे छ ।