Aafno Khabar

एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल

  • आफ्नो खबर
  • २०७८ बैशाख २८ गते २१:५९ प्रकाशित

काठमाडौं । स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै १ सयकाे रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको रिचार्जमा १६ सय र एक हजारको रिचार्जमा ४ हजार बोनस दिने भएको छ ।