Aafno Khabar

प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, स्वत: पदमुक्त

  • आफ्नो खबर
  • May 10, 2021 प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

सांसदहरुले विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरे ।

१५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीका लागि १३६ मत आवश्यक थियाे । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद भए पनि माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित भएनन् ।

अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउने विकल्पमा देश जानेछ । त्यो अवस्था पनि नआए संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको सरकारको नेतृत्व ओलीले गर्नेछन् ।