Aafno Khabar

यस वर्षकाे एसईई र कक्षा १२ काे परीक्षा स्थगित 

  • आफ्नो खबर
  • २०७८ बैशाख २७ गते १०:४० प्रकाशित

काठमाडौं । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ । कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित हुने भएकाे हाे ।

राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेकाे बैठकले यसबारे निर्ण गरेकाे हाे ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।