Aafno Khabar

अक्सिजन सिलिन्डर ल्याउन वाइडबडी जहाज आज चीन जाने

  • आफ्नो खबर
  • २०७८ बैशाख २७ गते ०९:४५ प्रकाशित

काठमाडाैं । चीनबाट अक्सिजन सिलिन्डर ल्याउन साेमबार नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज बेइजिङ जान लागेकाे छ ।

जहाज साेमबार राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

उक्त जहाजले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने बताइएकाे छ ।

चीनको बेइजिङ जान आउनका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । यसले निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ डलर लाग्ने छ । तर निगमले सरकारसँग भाडादर भने नताेकेकाे जनाएकाे छ ।