काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।
पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतमा सहयोग मागेका हुन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।
कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा। शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।