Aafno Khabar

नेपालमा थपिए अहिलेसम्मकै धेरै संक्रमित, ५८ जनाको मृत्यु

  • आफ्नो खबर
  • May 5, 2021 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ।

पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।