Aafno Khabar

फेसबुर र ट्वीटरकाे प्रतिबन्धपछि डाेनाल्ड ट्रम्पकाे आफ्नाे ‘वेबसाइट’

  • आफ्नो खबर
  • २०७८ बैशाख २२ गते १०:४९ प्रकाशित

काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन् । उनीामथि फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि आफ्ना गतिविधि सार्वजनिक गर्न ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ नामक वेबसाइट बनाएका हुन् ।

फेसबुक र ट्वीटरमका प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने बताएका थिए । ‘परिस्कृत ब्लग’को रूपमा व्याख्या गरिएको ट्रम्पको वेबसाइटमा राखिएका विचार फेसबुक र ट्वीटरमा शेयर गर्न मिल्ने बनाइएकाे छ । तर उनकाे पाेस्टमा कमेन्ट गर्ने अप्सन भने राखिएकाे छैन ।

गत वर्ष अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा हार व्यहारेका ट्रम्पले लामो समयसम्म त्यो हार स्विकारेका थिएनन् । उनका प्रतिस्पर्धी जो बाइडनको जित भएको घोषणा गर्न लाग्दा उनका समर्थकहरूले कंग्रेस भवनमा आक्रमण गरेका थिए ।

सामाजिक सञ्जालमा राखेका ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काएको भनी त्यसबेला फेसबुक र ट्वीटरले उनीमाथि प्रतिबन्ध लगाएका थिए । उनकाे नयाँ ब्लगमा ३० सेकेण्डकाे भिडियाे राखिएकाे छ । जसमा अमेरिका विशाल बनाउने लक्ष्य पनि राखिएकाे छ ।