Aafno Khabar

पछिल्लाे २४ घण्टामा नेपालमा ५५ जना कोभिड संक्रमितको मृत्यु

  • आफ्नो खबर
  • २०७८ बैशाख २१ गते १७:३९ प्रकाशित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा ५५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यही अवधिमा थप ७६ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिए पनि संक्रमितको संख्या भने दैनिक बढ्दो क्रममा रहेका छन् । साेमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा थपिए ३ हजार ८ सय ९३ जना

काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय ९३ जनामा कोरोना भाइरसका संक्रति थपिएका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७७९ जना ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना थपिएकाे मन्त्रालयले जनाएकाे छ ।