Aafno Khabar

अर्बपति बिल गेट्सले गरे २७ वर्षको वैवाहिक सम्बन्धकाे अन्त्य

  • आफ्नो खबर
  • २०७८ बैशाख २१ गते १०:३० प्रकाशित

काठमाडाैं । अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्धविच्छेद भएकाे छ ।

सम्बन्धबिच्छेद भएकाे जानकारी उनले सामाजिक सञ्जालमार्फत गरेका हुन् । उनले आफ्नाे २७ वर्षकाे लामाे सम्बन्ध अब निरन्तरता नदिने बताएका छन् ।

बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन् । सम्बन्धविच्छेद भए पनि फाउन्डेसनकाे काम भने मिलेर गर्ने उनीहरु दुवैले बताएका छन् ।

सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन जना सन्तान रहेका छन् ।