Aafno Khabar

ओलीलाई थापाको आग्रह : अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्, हामी साथ दिन्छौ

  • आफ्नो खबर
  • २०७८ बैशाख १८ गते १०:४५ प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार एक्लैले कोरोना संक्रमणको भवावह अवस्था सामना गर्न नसक्ने बताएका छन्।

नेता थापाले शनिबार सामाजिक सञ्जालमार्फत यसका लागि सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नै पर्ने उल्लेख गरेका छन्। तर यो लडाइँमा सरकारले हामी सक्दैनौ भनेर हात उठाउन नमिल्ने उनको भनाई छ।

‘प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैंनौ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकता अझै पनि महामारी नपर्ने आपत्तिजनक छ’ उनले भनेका छन्।

थापाले परिस्थिति कठिन भएपनि उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ रहेको बताएका छन्। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने उनी बताउँछन्।

‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्’ थापाले भनेका छन्।