Aafno Khabar

भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण

  • आफ्नो खबर
  • २०७८ बैशाख १८ गते ०९:५४ प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा ४ लाख ८ हजार ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

भारतको महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ ।

यस्तै हिजो ३ हजार ४ सय ६४ जनाको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या २ लाख ११ हजार सात सय नाघेको छ ।