Aafno Khabar

भारतमा कोरोनाबाट मृत्युदर बढेपछि घाटमा लास जलाउने ठाउँको अभाव

  • आफ्नो खबर
  • April 29, 2021 प्रकाशित

काठमाडाैं । भारतमा ठूला शहरहरु दिल्ली, मुम्बई, लखनउ र पुनेमा कोरोना संक्रमण र मृत्युदर अनियन्त्रित रुपमा बढेको छ ।

पछिल्लो समय अस्पतालमा शैया, अक्सिजन र औषधिको अभाव मात्रै होइन । मृत्यु भएपछि अन्तिम संस्कारका लागि घाटहरुमा लास जलाउने ठाउँ समेतको अभाव छ ।

पछिल्लो समय संक्रमण शहरहरुमा मात्रै सीमित नभएर भारतीय ग्रामीण बस्तीहरुमा पनि फैलिन थालेको छ । स्वास्थ्य सेवा नपुगेका साना शहर र गाउँहरुमा पनि संक्रमण फैलिए स्थिति थप नाजुक बनेको छ ।

गम्भीर विरामीलाई अस्पताल पुर्याकउन एम्बुलेन्सको समेत अभाव छ । शहरी क्षेत्रमा जस्तै ग्रामीण क्षेत्रमा पनि अस्पतालमा उपचारका नपाउने स्थिति भएपछि विरामीलाई घरमै राख्नु पर्ने बाध्यता भएको छ ।

हुने खानेले बढी मूल्य तिरेर अक्सिजन र औषधि घरमै ल्याउन सक्ने भएपनि गरिबहरुले उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको बताइएको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

एकै दिनमा मृत्यु हुनेको संख्या पनि तीन हजारभन्दा बढी छ । भारतमा हालसम्म कोरोना संक्रमणकै कारण २ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १ करोड ८३ लाख नाघेको छ ।