Aafno Khabar

भारतकाे असाममा ६.४ म्याग्नेच्युडको भूकम्प, पूर्वी नेपालमा पनि धक्का

  • आफ्नो खबर
  • April 28, 2021 प्रकाशित

काठमाडाैं । बुधबार बिहान उत्तरपूर्वी भारतको असाममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो ।

भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । भूकम्पका कारण केही घरहरु भत्किएकाे तस्बिर सामाजिक सञ्जाल र भारतीय मिडियामा देखिएका छन् ।