काठमाडौं । महाराष्ट्रको पालघर जिल्लास्थित एक कोभिड अस्पतालमा आगो लाग्दा १३ जना बिरामीको मृत्यु भएको छ ।
शुक्रबार बिहान ३ बजेतिर आगो लाग्दा उक्त घटना भएको भारतीय समाचार संस्था एएनआइले उल्लेख गरेको छ । घटनापछि उक्त सेन्टरमा रहेको बिरामी नजिकैको अस्पतालमा लगिएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको भारतीय समाचार संस्थाहरुले जनाएको छ।
यसअघि भारतको महाराष्ट्रमा अक्सिजन ट्याकं लिक हुँदा २४ जना कोभिड १९ संक्रमितको मृत्यु भएको थियो । अक्सिजन लिक भएर बिरामीहरुले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको थियो ।