Aafno Khabar

भारतमा २४ घण्टामा तीन लाख १५ हजार बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • April 22, 2021 प्रकाशित

काठमाडौं । भारतमा विश्वकै सबैभन्दा बढी दैनिक कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा तीन लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यसअघि अमेरिकामा जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, २ हजार १ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सख्या त्यहाँ भएको दैनिक सर्वाधिक मृत्युको संख्या हो ।

यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजार थपिएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार नाघेको छ । भारत कोरोनाको घातक दोस्रो लहरमा चपेटामा परेको छ ।