Aafno Khabar

भारतमा पछिल्लाे २४ घण्टामा थपिए करिब तीन लाख संक्रमित, २ हजार बढीकाे मृत्यु

  • आफ्नो खबर
  • April 21, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकाे भारतमा मंगलबार थप २ लाख ९४ हजार २९० जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि (सोमबार) वैशाख ६ मा भारतमा दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५७१ छ ।

कोरोना संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २० जनाको मृत्यु भएको छ ।