काठमाडाैं । शनिबार भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण भएको पहिलो पटक हो ।
संक्रमितको संख्या बढेपछि भारतमा मृतककाे संख्या पनि उकालो लागेको छ। शनिबार १ हजार ४ सय ९३ जना संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सक्रिय संक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले आउने दिनमा मृत्युदर पनि बढ्ने अनुमान गरिएको छ । पछिल्लाे समय भारतकाे महाराष्ट्रमा तीव्र गतिमा संक्रमण फैलिरहेकाे छ ।