एजेन्सी । उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले जापानको समुद्री किनारमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापानी अधिकारीले बताएका छन् ।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि उत्तर कोरियाको यो पहिलो मिसाइल परीक्षण हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन । केही दिन अघि मात्रै उत्तर कोरियाले यल्लो सी मा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।
क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैन । तर ब्यालेस्टिक मिसाइललाई खतरनाक हतियार मानिन्छ । जापनका प्रधानमन्त्री योहिहिदे सुगाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेकामा उत्तर कोरियाले हालै अमेरिकाको आलोचना गरेको थियो ।